यात्रुलाई सास्ती दिनेमाथि ट्राफिक प्रहरीको कडाइ, कोटेश्वर र जडीबुटीबाट एकै दिन १० जना पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख तथा हैरानी दिएको आरोपमा १० जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले कोटेश्वर र जडीबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालकले यात्रुलाई अनावश्यक दुःख हैरानी दिएको आरोपमा आज सोमबार १० जनालाई पक्राउ गरेको हो ।
