सीईओहरुको तलब तथा सुविधाका लागि नयाँ मापदण्ड, राष्ट्र बैंकको नयाँ नियममा के छ ? [पूर्णपाठ]
काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको तलब तथा सुविधामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । बैंकले शुक्रबार ‘बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०८३’ जारी गरेको हो ।
