चिनियाँ सत्ता संरचनामा ठूलो परिवर्तन, वफादारीलाई मुख्य मापदण्ड बनाउँदै सी जिनपिङको कडा नियन्त्रण
आगामी वर्ष हुने चिनियाँ कम्युनिस्ट पार्टीको २१ औँ राष्ट्रिय कांग्रेसको तयारी तीव्र भइरहेका बेला राष्ट्रपति सी जीनपीङले पार्टी, सरकार र सेनाभित्र व्यापक पुनर्संरचना तीव्र पारेको देखिएको छ । चीनमा पदोन्नति र निरन्तरताको मुख्य आधार अब क्षमता भन्दा राजनीतिक वफादारी बनेको स्रोतहरूले जनाएका छन्।
