बाह्रकिलोको अतिक्रमित वन क्षेत्र ७ दिनभित्र खालि गर्न निर्देशन
गोरखा : आँबुखैरेनी गोरखा सडकको बाह्रकिलो वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन सातदिने अल्टिमेटम दिइएको छ। गोरखा नगरपालिका-११ मा रहेको बाह्रकिलो वनक्षेत्रमा निर्माण गरिएका ३ दर्जनभन्दा धेरै घरटहरा आउँदो असार १३ गतेभित्र हटाउन ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले आग्रह गरेको हो।वन समूहले डिभिजन वन कार्यालय गोरखा र गोरखकाली सवडिभिजन वन कार्यालयबाट प्राप्त पत्रको हवला दिँदै सात दिनभित्र वन क्षेत्रमा निर्मित घरटहरा नहटाएर सुरक्षाकर्मी लगाएर हटाइने चेतावनी दिएको छ।
