सडकमा धरपकड भएको भन्दै सरकारविरुद्ध दृष्टिविहीन आन्दोलित
सडकपेटीमा आश्रित दृष्टिविहिनहरुमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपकड गरेपछि सरकारविरुद्ध उनीहरूले पनि प्रदर्शन सुरु गरेका छन् । सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपकड र जब्बरजस्ती विरुद्ध धर्ना दिन सुरु गरेका हुन् ।
