SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : अझै सुरु भएन बन्दसत्र

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत दोस्रो दिन निर्धारित कार्यतालिका अनुसार बिहान साढे ८ बजे तय भएकोबन्द सत्र अझै शुरु भएको छैन। महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया नै नसकिएकाले निर्धारित समयमा बन्द सत्र शुरु हुन नसकेको प्रवक्ता मनिष झाले जानकारी दिए । ‘अब छिट्टै बन्द सत्र शुरु हुन्छ’, झाले भने।