टिपर आतंक बढेको भन्दै स्थानीय आन्दोलित
रौतहट : टिपर आतंकका कारण स्थानीयले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै विरोध सुरु भएको छ। टिपरको आतंक, सडकको दुर्दशा तथा लगातार भइरहेका दुर्घटनाको विरोधमा स्थानीय बासिन्दा आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।जिल्लाको गढिमाई र गरुडा नगरपालिकाको बेवास्ताका कारण गरुडा–समनपुर सडकखण्ड अन्तर्गत चाँदी पुल नजिक सोमबार बिहानदेखि स्थानीयले सडक अवरुद्ध गर्दै चक्काजाम गरेका छन्।बिहान ६ बजेदेखि सुरु भएको आन्दोलनका कारण दर्जनौँ सवारी साधन बाटोमै रोकिएका छन् भने यात्रुहरू गन्तव्यतर्फ पुग्न सकेका छैनन्।
