SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

सरकारविरुद्ध दृष्टिविहीन नागरिकको काठमाडौंमा प्रदर्शन

काठमाडौं : सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे।