न्यायाधीशको विशेषज्ञताअनुसार मुद्दा तोक्नुपर्छ, गोलाप्रथा हटाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले मुलुकको न्याय प्रणालीमा व्यापक ‘रिफर्म’को आवश्यकता रहेको बताएका छन् । नेपालको न्यायिक प्रणाली लोकतान्त्रिक शासन व्यवस्थाको बलियो आधारशिला भएको उल्लेख गर्दै उनले न्यायालयको संरचनागत र कार्यशैलीमा व्यापक सुधारको आवश्यकता औँल्याएका हुन् ।
