रास्वपा महाधिवेशनमा खाना : बिहान खसीको मासु भातदेखि १० प्रकारका परिकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा जारी छ । हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने बन्दसत्रमा देशभरका जिल्ला, प्रवास तथा विभिन्न तहका समितिबाट आएका करिब ४१ सय प्रतिनिधिको सहभागिता रहेको छ ।
