रास्वपा महाधिवेशन : वरिष्ठ नेताको चुनाव नहुने
काठमाडौं : रास्वपाले वरिष्ठ नेता पदमा निर्वाचन नगर्ने भएको छ। नयाँ विधानमा वरिष्ठ नेताको पद सिर्जना गरिएको छ र वालेन्द्र शाहको समूह पार्टीमा समाहित भएपछि विशेषतः उनकै लागि यो पद सिर्जना गरिएको हो। त्यसैकारण पनि विधानमा यो पदमा निर्वाचन नहुने व्यवस्था गरिएको छ, जसलाई महाधिवेशनले अनुमोदन गर्नेछ। चुनावका बेला बालेन समाहित हुँदा विधानमा वरिष्ठ नेता पद नभए पनि महाधिवेशनको पूर्वसन्ध्यामा प्रस्तावित विधान संशोधन गरेर उक्त पद राखिएको हो।
