बलिउडका बादशाह अमिताभ बच्चनको पहिलो प्रेमिका को थिइन्?
काठमाडौं : बलिउडका महानायक अमिताभ बच्चन आज पनि आफ्नो अभिनय र व्यक्तित्वका कारण चर्चामा छन्। तर 'शहेनशाह' बन्नुअघि उनको जीवनमा एक प्रेमकथा पनि थियो, जसबारे धेरैलाई जानकारी छैन।भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनको पहिलो प्रेमिका माया नामकी युवती थिइन्,जो त्यतिबेला ब्रिटिश एयरवेजमा कार्यरत थिइन्। अमिताभले कोलकाता र मुम्बईमा संघर्ष गरिरहेका बेला उनीहरूबीच प्रेम सम्बन्ध सुरू भएको बताइन्छ।लेखक हनिफ जवेरीका अनुसार अमिताभ र मायाबीचको सम्बन्ध निकै गहिरो थियो।
