इरान-अमेरिका विवाद सुल्झाउन ४ कार्यदल गठन, विदेशमन्त्री अराघचीले के भने ?
काठमाडौं : अमेरिका र इरानबीचको वर्षैँ देखिको विवाद र असमझदारी सुल्झाउन कतार र पाकिस्तानको मध्यस्थतामा चारवटा उच्चस्तरीय कार्यदल (कमिटी) गठन गरिएको छ। स्विट्जरल्यान्डमा आइतबार रातिसम्म चलेको पहिलो चरणको वार्तापछि मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले दुवै पक्षबिच चारवटा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको दाबी गरेका हुन्।स्विट्जरल्यान्डको लेक लुसर्नमा आयोजित ‘लेक लुसर्न समिट’ अन्तर्गत आइतबार पहिलो चरणको वार्ता सम्पन्न भएको हो।
