सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट अझै निस्कन सकेन नेपाल, सुधार कार्ययोजना पूरा गर्न थप दबाब
नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवाद वित्तीयकरण नियन्त्रण प्रणालीमा आवश्यक सुधारहरू पूरा गर्न असफल भएपछि फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) को खैरो सुची (ग्रे लिस्ट)मै कायम भएको छ । फ्रान्सको पेरिसमा १७ देखि १९ जुन २०२६ सम्म सम्पन्न एफएटिएफको प्लेनरी बैठकले नेपाललाई खैरो लिस्टबाट हटाउने निर्णय नगरी यथावत राख्ने निर्णय गरेको हो ।
