SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

पूर्वमन्त्री खरेलको पार्थिव शरीरमा गगन थापाले ओढाए पार्टीको झन्डा

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको खरेलको पार्थिव शरीरमा सभापति थापा, उपसभापति पुष्पा भुषाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायतले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका हुन् ।