कतारको ग्यास प्लान्टमा विष्फोट हुँदा ५४ जना घाइते, १८ वेपत्ता
दोहा : कतारको रास लाफान इन्डस्ट्रियल सिटीस्थित एक ग्यास प्लान्टमा भीषण विष्फोट भएको छ। यस दुर्घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना वेपत्ता भएका छन्।कतार प्रशासनका अनुसार रास लाफान इन्डस्ट्रियल सिटीमा अचानक विष्फोट भई ठूलो मात्रामा आगलागी भएको थियो। कम्पनीले आपत्कालीन टोलीहरूलाई तुरुन्तै घटनास्थलमा खटाइएको र छोटो समयमै आगो नियन्त्रणमा लिइएको जनाएको छ।कतारको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विष्फोटमा ५४ जना घाइते भएको र बेपत्ता रहेका १८ जनाको खोजी कार्य भइरहेको पुष्टि गरेको छ।
