अझै सुरु भएन रास्वपाको बन्दसत्र
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आज बिहान सुरु हुने भनिएको बन्दसत्र निर्धारित समयमा सञ्चालन हुन सकेको छैन । महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजेदेखि सुरु गर्ने कार्यतालिका रहे पनि प्रतिनिधिहरुको नामावलीमा देखिएका त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले कार्यक्रम प्रभावित भएको हो ।
