इरान–अमेरिका वार्ता : ट्रम्पको चेतावनीपछि प्रारम्भिक चरण तनावपूर्ण, पछि प्रगति
बुर्गेनस्टक । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको इरान–अमेरिका वार्तामा प्रारम्भिक प्रगति भएको छ । दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने तथा लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन् ।
