SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

न्यूजिल्याण्डलाई हराउँदै इजिप्टको विश्वकपमा पहिलो जित

काठमाडौं : विश्वकप २०२६ को समूह जी को खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३–१ ले पराजित गरेको छ। भ्यानकुभर स्टेडियममा भएको खेलमा पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा न्यूजिल्याण्डले इजिप्टसँग हार बेहोरेको हो। पहिलो हाफमा १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो हाफमा ३ गोल बेहोर्‍यो। खेलको १५ औं मिनेटमा न्यूजिल्याण्डले सेटपिसमार्फत गोल गर्दै अग्रता बनाएको थियो। न्यूजिल्याण्डका लागि फिन सरम्यानले कर्नरमा आएको बललाई हेडरमार्फत गोल गरेका हुन्।