SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०३:४० AM · 1 मिनेट पढाइ

चितवनमा ट्रक र स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ ।