प्रकाश सपूत आइएमई लिमिटेडको म्युजिकल एम्बासडरमा नियुक्त
काठमाडौं । आइएमई लिमिटेडले गायक प्रकाश सपूतलाई आफ्नो सांगीतिक दूत (म्युजिकल एम्बासडर) मा नियुक्त गरेको छ । आइतबार आयोजित एक कार्यक्रममार्फत कम्पनीले सपूतलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो । रेमिट्यान्स सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यसहित उनलाई आबद्ध गरिएको आइएमई लिमिटेडले जनाएको छ ।
