एमाले फुट्ने छैन, पुनर्गठन हुनेछ : योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र फरक विचारप्रति बैरभाव राख्नु एमालेको मौलिक संस्कारविपरीत हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एमालेभित्र जारी वैचारिक बहसलाई सकारात्मक रूपमा लिनुपर्ने उल्लेख गरेका हुन् ।
