SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता, स्विट्जरल्याण्डमा रातभर छलफल

काठमाडौं : युद्ध अन्त्यको अन्तिम टुङ्गो लगाउनका लागि अमेरिका र इरानका उच्च प्रतिनिधिमण्डलबीच स्विट्जरल्याण्डको ल्युसर्न  शहरमा पहिलो चरणको प्रत्यक्ष वार्ता सुरु भएको छ । वार्तामा सहभागी एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञका अनुसार यो महत्वपूर्ण छलफल रातभर जारी रहने सम्भावना छ । ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी गत हप्ता भएको प्रारम्भिक सहमतिपछि दुई देश औपचारिक रूपमा वार्ताको टेबलमा आमनेसामने भएका हुन् ।