डोनाल्ड ट्रम्पको धम्कीपछि इरानी संसद्का सभामुख गालिबाफले दिए यस्तो चेतावनी
काठमाडौं : अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयासस्वरूप स्विट्जरल्याण्डमा वार्ता चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच वाकयुद्ध चर्किएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिएको धम्कीप्रति इरानका मुख्य वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बगर गालिबाफले कडा प्रतिक्रिया जनाएका छन्।अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेखेका थिए, 'यदि इरानले लेबनानमा इजरायलविरुद्ध लडिरहेको हिजबुल्लाहलाई रोकेन भने अमेरिकाले सैन्य आक्रमण गर्नेछ।
