SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

इजरायली प्रधानमन्त्री नेतन्याहूले भने- 'म ट्रम्पले चाहेका सबै काम गर्दिनँ'

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इच्छा अनुसार मात्रै आफूले काम नगर्ने स्पष्ट पारेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भेन्सले हालै इजरायलमाथि सार्वजनिक रूपमा गरेको तीखो टिप्पणीपछि नेतन्याहूले यस्तो जवाफ दिएका हुन् । जेरुसेलममा आयोजित 'इन्टरनेशनल पोलिसी समिट'लाई सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले आफूहरू स्वतन्त्र र गौरवशाली देशको नेता भएकाले सधैँ विचार मिल्नु आवश्यक नरहेको बताए।