SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने तयारीमा सरकार

मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना भई २०३५ देखि सञ्चालनमा आएको यो उद्योग विसं २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो ।