SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०२:३४ AM · 1 मिनेट पढाइ

रहेनन् नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । दमको समस्या बढेपछि काठमाडौंको फ्रन्टलाइन अस्पताल मा उपचारका क्रममा आइतबार राति उनको निधन भएको हो । खरेल नेपाली कांग्रेसका इमानदार र सिद्धान्तनिष्ठ नेताका रूपमा परिचित थिए ।