पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
रुकुमपश्चिम । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ स्थित कमलतालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । तालमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए । पुथा उत्तरगङ्गा गाउँपालिका-९ खाराबाङकी आठ वर्षीया साहासी रोका मगरको मृत्यु भएको हो ।
