रहेनन् पूर्वमन्त्री एवम् कांग्रेस नेता खरेल
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। ८० वर्षको उमेरमा उनको गएराति बानेश्वरको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । दमसहितको स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि उनी अस्पताल भर्ना भएका थिए। खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने बताइएको छ।
