केप भर्डे र उरुग्वेले २-२ गोल गरेपछि अंक बाँडे
काठमाडौं : विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ बराबरी खेल्दै अंक बाँडेका छन्। मियामी स्टेडियममा भएको खेलमा पहिलो हाफमा उरुग्वेले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा केप भर्डेले गोल फर्काउँदा खेल बराबरीमा सकिएको हो। खेलको २१ औं मिनेटमा केभिन पिनाको गोलमा केप भर्डेले अग्रता लिएको थियो । तर ४४ औं मिनेटमा उरुग्वेका म्याक्सिमिल्लानोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
