SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

१९ वर्षीय आदित्य सुवेदी, जसले अमेरिकामा झन्डै ४ अर्ब लगानी जुटाए

काठमाडौं : भनिन्छ, सफल बन्न सपना ठूलो देख्न सक्नुपर्छ। १९ वर्षीय नेपाली युवा आदित्य सुवेदीले देखेको त्यस्तै सपनाले आज उनलाई विश्वस्तरीय सफलतातर्फ डोहोर्‍याइरहेको छ। १९ वर्षको अल्लारे उमेरमै उनले विश्व प्रविधि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्।  बंगलादेशी मूलका क्यानेडियन साथी २० वर्षीय इब्राहिम हुसेनसँग मिलेर सुवेदीले स्थापना गरेको कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धी काम गर्ने कम्पनी आर्किटेक्ट ल्याब्सका कारण उनी विश्वभर चर्चामा आएका छन्।