महाधिवेशनको सन्देश : रवि पार्टी नेतृत्वमै, बालेनको जिम्मामा सरकार
काठमाडौं/चितवन : सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह एकै ठाउँमा रहेको बलियो सन्देश दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ।देशभरबाट चितवनमा केन्द्रित भएका रास्वपा कार्यकर्तामा प्रतीक्षाका केन्द्रबिन्दु पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह नै थिए। तोकिएको समयभन्दा केही ढिला गरी सुरु भएको उद्घाटन सत्रमा अन्य दलका आमन्त्रित नेताहरू भने पहिल्यै पुगिसकेका थिए।
