SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र आजबाट सुरु, यस्तो छ कार्यतालिका

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको बन्दसत्र आजबाट सुरु हुने भएको छ। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले उद्योग संघको प्रदर्शनी केन्द्रमा आज बिहान ८:३० बजेदेखि बन्दसत्र सुरु हुने जानकारी दिए।महामन्त्री बुर्लाकोटीले बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।