SHARE
लोक पथ · सोमबार ८ असार २०८३ ०२:०३ AM · 1 मिनेट पढाइ

रास्वपाको विधान संशोधन : महिला उपसभापति अनिवार्य, १५१ सदस्यीय केन्द्रीय समिति गठन हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनअघि पार्टीलाई थप समावेशी बनाउने उद्देश्यसहित विधान संशोधन गर्ने भएको छ । संशोधित विधानअनुसार अब बन्ने केन्द्रीय कार्यसमितिमा महिला उपसभापतिको अनिवार्य व्यवस्था गरिएको छ ।