SHARE
पर्दाफास · सोमबार ८ असार २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा उरुग्वे र केप भर्डेले बराबारी खेलेका छन् । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले उरुग्वेसँग २-२ गोलको बराबरी खेलेको हो । केप भर्डेले यसअघि स्पेनसँग बराबरी खेलेको थियो । खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत गोल गरेका थिए ।