SHARE
अन्नपूर्ण · सोमबार ८ असार २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

बेलायतका प्रधानमन्त्री स्टार्मरलाई पद छोड्न दबाब

लन्डन : बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई पद छोड्न राजनीतिक दबाब बढेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। द अब्जर्भर र द गार्डियनको जुन २१ मा जारी रिपोर्टमा प्रधानमन्त्री स्टार्मरले सोमबार राजीनामाको घोषणा गर्ने अपेक्षा गरिएको छ।स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिन दबाब बढ्दै गएको थियो।