SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवस २०२६ मनायो

नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ। बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्धि सम्बन्धी गतिविधिहरूमा सहभागिता जनाएका थिए। उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको छ। कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ।