SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०९:०० PM · 1 मिनेट पढाइ

विकास निर्माण हचुवामा हुनु हुँदैन : बिजुक्छे

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए।