SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०८:०० PM · 1 मिनेट पढाइ

सुतिरहेको अवस्थामा ५२ वर्षीय यादवको वीभत्स हत्या

रौतहट : सर्लाहीमा सुतिरहेको अवस्था एक पुरुषको हत्या भएको छ। जिल्लाको बसबरिया गाउँपालिका-१ मानपुरमा भैंसी गोठमा सुतिरहेका ५२ वर्षीय होशनारायण राय यादवको शनिबार मध्यराति धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादव आफ्नै भैंसी गोठमा सुतिरहेका बेला राति करिब १२ बजेतिर अज्ञात व्यक्तिहरूले घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। घटनापछि परिवारका सदस्यले उनलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।