बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
रौतहटको दुर्गाभगवती गाउँपालिकामा बागमती नदीको बाढीको बीचमा फसेका १४ जना स्थानीय नागरिकको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । आइतबार अपराह्न नदीमा अचानक पानीको बहाव र सतह बढेपछि उनीहरू नदीको बीच भागमा रहेको टापुमा थुनिएका थिए । उद्धार गरिएकाहरूमा ११ जना महिला र ३ जना बालिका रहेका छन् ।
