SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

भारतलाई प्रधानमन्त्री बालेनको जवाफ- हामीसँग लिपुलेक-कालापानीको प्रमाण छ, तपाईंसँग छ भने ल्याउनुस्

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको बताए।'सीमाको विषयमा बोल्दा जुनसुकै देशले आपत्ति जनाउँछन्। उहाँहरूले पनि आपत्ति जनाउनुभयो।