रास्वपालाई गगनको सुझाव- कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्यो, रास्वपाले त्यस्तो नगरोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई आफ्ना नेताहरूलाई भगवान् वा ‘बा’ बनाएर गल्ती नगर्न सुझाव दिएका छन्। चितवनमा रास्वपाको पहिलो महाधिवेशनलाई शुभकामना दिँदै थापाले कांग्रेसले विगतमा आफ्ना नेताहरूलाई देवत्वकरण गरेर गल्ती गरिसकेको स्वीकार गर्दै रास्वपाले त्यो गल्ती नदोर्होयाओस् भन्ने कामना गरे। उनले आफ्नै दलभित्र पनि प्रश्न उठाउन आग्रह गरे।
