प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार, तीन जना घाइते
विराटनगर : विराटनगरमा सुधार गृह लैजाने तयारीका क्रममा भएको घटनाले तनावपूर्ण अवस्था सिर्जना गरेको छ । एक युवकले प्रहरी र सुधार गृहका कर्मचारीमाथि चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन् । आइतबार अपरान्ह ३ः४० बजेतिर विराटनगर महानगरपालिका–१, अनुकरण मार्गस्थित एउटा घरबाट २९ वर्षीय रुबिण कार्कीलाई सुधार गृह पठाउने प्रक्रिया चलिरहेको बेला घटना भएको हो । रामेछाप घर भएका कार्की हाल विराटनगर महानगरपालिका–१ मा मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका थिए ।
