रास्वपाको महाधिवेशनमा छिमेकी मुलुकले दिए शुभकामना
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले शुभकामना सन्देश वाचन गरेर सुनाएका हुन्।
