बाबुरामको प्रश्न : सारा जीवन मर्न हिंडेको मान्छे, यो उमेर के ललिपप खानु ?
चितवन : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रास्वपा रहेको टिप्पणी गरेका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।भट्टराईले आफूलाई रास्वपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीप्रति गुनासो गरेका छन् । उनले भने, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ।
