SHARE
अन्नपूर्ण · आइबार​ ७ असार २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

रास्वपा नेता-कार्यकर्तालाई गगन थापाको सुझाव- आफ्ना नेताले गल्ती गरे प्रश्न गर्नुस्, हामीले जस्तो गल्ती नगर्नुस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, 'तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्‍यौं, तपाईंहरूले नगर्नुहोला।