हाम्रो 'लोकल होइन, एक्सप्रेस गाडी' हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ : प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाको राजनीतिक यात्रा गन्तव्यमा पुगेरमात्र ब्रेक लाग्ने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताए। 'हाम्रो लोकल गाडीजस्तो होइन। हाम्रो गाडी एक्सप्रेसमा हिँडेको गाडी हो। हामी गन्तव्यमा पुगेर ब्रेक लगाउँछौं,' उनले भने।
