रास्वपा नेता कार्यकर्तालाई गगनको सुझाव– ‘नेतालाई भगवान नबनाउनुस्, प्रश्न गर्नुस्’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताहरुलाई नेतृत्वमाथि प्रश्न गर्न सुझाव दिएका छन् । आजबाट चितवनमा सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले सो सुझाव दिएका हुन् । ‘म यहाँ उपस्थित रास्वपाका साथीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईँहरु आफ्नो नेतृत्वलाई प्रश्न गर्नुस् ।
