SHARE
पर्दाफास · आइबार​ ७ असार २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

रास्वपाले जनादेशको सदुपयोग गर्नुपर्छ : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनादेशलाई लोकतन्त्रको सुदृढीकरण, राष्ट्र निर्माण र जनताको हितमा सदूपयोग गर्नुपर्ने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलका लागि महाधिवेशन नेतृत्व चयन र नीति तथा कार्यदिशा निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए ।