रास्वपाको उदय नयाँ राजनीतिक क्रान्तिको कडी : बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको इतिहासमा नयाँ राजनीतिक क्रान्तिको महत्वपूर्ण कडीका रूपमा लिनुपर्ने बताएका छन्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाले छोटो अवधिमै जनताको मन जितेर, आधुनिक विज्ञान र प्रविधिको प्रयोगमार्फत ऐतिहासिक सफलता हासिल गरेको बताए ।
